काठमाडौं, १४ कार्तिक–युरोपा लिग फुटबलमा आर्सनल विजयी भएको छ । बिहीबार राति भएको खेलमा आसर्नल डुन्डलकमाथि ३(० गोलले विजयी भएको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितका लागि एडी एन्काटिया, जोए विलोक र निकोलस पेपेले एक एक गोल गरे ।
पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा आर्सनलले खेलमा अग्रता लिएको थियो । ४२औं मिनेटमा एडीले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै आर्सनलले थप एक गोल गर्यो ।
४४औं मिनेटमा जोएले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।
दोस्रो हाफमा भने आर्सनलले थप एक गोल गर्यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै आर्सनल घरेलु मैदानमा ३-० ले अगाडि बढ्यो । ४६औं मिनेटमा पेपेले जोएको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल आर्सनलले जितेको हो ।
यो जितसँगै समूह बीमा रहेको आर्सनलले सुरुवाती दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । पराजित डुन्डलक अंकविहीन हुँदै समूहको पुछारमा छ ।
