काठमाडौं, १४ कार्तिक–कोरोना संक्रमणबाट काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ।

काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको शुक्राबार बिहान निधन भएको हो। उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए।

त्यसपछि चौलागाईँ होम आइसोलेसन बसेका थिए। ज्वरो बढेपछि उनलाई कात्तिक १ गते उपचारका लागि काठमाडौँको ओम अस्पताल भर्ना गरिएको थियो।

ब्रोनक्राइटिसबाट पीडित उनको निधन भएको काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *