दाङ, १४ कात्तिक–श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको बताए।

नेकपा नेता यज्ञबहादुर केसीका अनुसार सीताले केही वर्ष पहिले छातिको अपरेसन गरेकी थिइन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *