धरमपुर, १४ कार्तिक–मोरङको विराटनगरस्थित नोवेल टिचिङ अस्पतालमा उपचार्थ झापा धरमपुरका एक युवाको आज कोरोना सङ्क्रमणबाट मृत्यू भएको छ ।
शिबसताक्षी नगरपालिका वडा नं २ (साविकः धरमपुर वडा नं ६) का ती युवाको उपचारको क्रममा कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको हो ।
होम आइसोलेसनमा बसेका उनलाई स्वासप्रश्वासमा समस्या देखिन थालेपछि दुई दिन अघि नोवेल अस्पताल विराटनगर लगिएको शिवसताक्षीको सतासी प्राविको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए ।
मृतकका भाईको पनि वैदेशिक रोजगारीमा गएका बेला उतै कोरोनाको कारण निधन भएको बताइएको छ ।
