शिबगन्ज, १४ कार्तिक–झापाको शिबगञ्जमा पुनः कोरोना भाइरसको संक्रमण देखा परेको छ । शिबसताक्षी–६ शिबगञ्जमा हिजो (बिहिबार) सम्म दुई महिला र दुई पुरुष गरी ४ जनामा भाइरसको संक्रमण देखा परेको वडाअध्यक्ष एबम् नेपाली कांग्रेस शिबसताक्षीका लोकप्रिय युवा नेता मनोज खुलाल कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार संक्रमित ४ जनाहरु मध्ये एक जना बिर्तामोडस्थित एक अस्पतालमा र अर्का एक जना मोरङको बिराटनगरस्थित कोभिड अस्पतालमा उपचारत छन् । त्यस्तैं, दुई जना संक्रमित होम आइसोलेशनमा बसेर उपचार्थ छन्, ।
शिबगञ्जमा केही समयअघि मात्रै संक्रमण नियन्त्रणमा आएको थियो । बिर्तामोडस्थित एक बैंकमा कार्यरत शिबगञ्जकी एम व्याक्तिमा संक्रमण भएसँगै शिबसताक्षी–६ शिबगञ्ज बजार क्षेत्रमा लामोसमय निषेधज्ञा गरिएको थियो ।
सो बैकमा कार्यरत ती कर्मचारीमा संक्रमित भएपछि त्यस व्याक्तिमा सम्पर्कमा आएका सवैको पीसिआर परिक्षण (ट्रेसिङ) गरिएको थियो । त्यसक्रममा १४ जना संक्रमित भएका थिए ।
