काठमाडौं, १५ कार्तिक–प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्निलमाथी ३–० को सहज जित निकालेको हो ।

बर्निलको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितका लागि हाकिम जियाच, कुर्ट जुमा र टिमो वेरनरले एक एक गोल गरे ।

पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको थियो । खेलको २६ औं मिनेटमा हाकिमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले टोनी अब्राहमको छोटो पासमा सहजै गोल गरेका हुन् । यसै सिजन डच क्लब आयाक्सबाट चेल्सी पुगेका जियाचको प्रिमियर लिगमा यो डेब्यु गोल हो ।

६३ औं मिनेटमा जुमाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले माउन्टको पासमा गोल गरेका हुन् । ७० औं मिनेटमा टिमो वेरनरले गोल गर्दै पाहुना टोलीलाई ३–० को अग्रता दिलाए । वेरनरका लागि जियाचले पास उपलब्ध गरेका थिए ।

यस जितसँगै चेल्सीले लिगमा तेस्रो जित निकालेको छ । सात खेले खेलेको चेल्सीले तीन खेलमा जित, तीन खेल बराबरी रmएक खेलमा हार ब्यहोर्दै १२ अंक जोडेको छ । ६ खेल खेलेको बर्निल भने पाँचमा हार र एक खेल बराबरी खेल्दै एक अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *