धरमपुर, १५ कार्तिक–झापाको धरमपुरमा हिजो (बिहिबार) कोरोना संक्रमणका कारण मृत्यु भएका युवकको कन्ट्याक ट्रेसिङमा रहेकामध्ये दुईजनाको रिपोर्ट पोजिटिभ आएको छ ।
आज शनिबार बिहान मात्र मृत्यू भएका युवाको कन्ट्याक्ट ट्रेडिङमा रहेका परिवारका ७ जनाको पीसीआरका लागि दमक लगिएको थियो । शनिबार साँझ आएको रिपोर्ट मध्ये २ जनाको पोजेटिभ आएको छ । मृतककी आमा र श्रीमतीको रिपोर्ट पोजेटिभ आएको हो ।
झापाको शिवसताक्षीमा बाबुको मृत्युपछि एकै घरका दुई दाजुभाईको चार महिनाको फरकमा कोरोनाले मृत्यु भएको थियो । शोकको आँसु सुक्न नपाई फेरी पिडा बल्झिएको छिमेकीले बताए ।
