काठमाडौं, १६ कार्तिक–लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वेस्टह्यामलाई २-१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सलाह र डिओगो जोटाले एक(एक गोल गरे । पाहुना टोली वेस्टह्यामका लागि पाब्लो फोर्नाल्सले एक गोल गरे ।
खेलमा अग्रता लिएको वेस्टह्यामलाई पछि पार्दै लिभरपुलले पुनरागन जित निकालेको हो । खेलको १०औं मिनेटमा वेस्टह्यामका फोर्नाल्सले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । तर, ४२औं मिनेटमा सलाहले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले पेनाल्टीमा गोल गर्दै खेल पहिलो हाफमा १-१ को बराबरीमा ल्याएका हुन् ।
दोस्रो हाफमा थप एक गर्दा लिभरपुलका लागि जोटाले गोल गरे । उनले खेलको ८५औं मिनेटमा हेर्डन साकिरीको पासमा गोल गर्दै लिभरपुललाई २(१ को पुनरागमन जित दिलाएका हुन् । यसअघि जोटाले गरेको गोल रेफ्रीले मान्यता दिएनन् । उनले ७८औं मिनेटमा गरेको गोल रेफ्रीले भीआरको सहायतामा अफसाइड दिएपछि गोलले मान्यता पाएका थिएनन् ।
यस जितसँगै लिभरपुलले ७ खेलबाट ५ खेलका जित र एक खेल बारबरी खेल्दै १६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित वेस्टह्यामले भने समान खेलबाट ८ अंक जोड्दै तालिकाको १३औं स्थानमा छ ।
