काठमाडौं, १६ कार्तिक–स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपर्भोटिभो आलाभेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

आलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेलेको हो । उपाधि दाबेदार मानिएको बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ३१औं मिनेटमा लुइस रिजोआले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६२औं मिनेटमा जोटाले आत्मघाती गोल गर्दा आलाभेस १० खेलाडीमा सीमित भएको थियो ।

त्यसको एक मिनेटपछि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोनाले ६ खेलबाट ८ अंक जोडेको छ । आलाभेसको पनि ६ खेलबाट ८ अंक छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *