दमक, १६ कात्तिक–मोरङको उर्लाबारी—४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ बेवारिसे अवस्था एक महिलाको शव फेला परेको छ।

पूर्व-पश्चिम राजमार्गमा मृत भेटिएकी अन्दाजी वर्ष ३० की ती महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

गाडीले ठक्कर ‌ दिएर महिलाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

महिलाको शव पोस्टमार्टमको लागि स्थानीय मंगलबारे अस्पतालमा राखिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *