दमक, १६ कार्तिक–झापाको दमकमा आज ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ४५ सहित झापामा ७६ संक्रमित थपिएका हुन् । दमकमा २ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये दमक ७ का ४९ बर्षिय पुरुष र दमक २ का ६७ बर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय झापाका कोभिड १९ फोकल पर्सन जीवन चम्लागाइँका अनुसार बिर्तामोडमा ५जना, कमलमा ११ जना, मेचीनगर ६ जना, गौरादहका ३ जना, शिवसताक्षी २, कन्काइ र बुद्धशान्तिमा ३, ३ जना, अर्जुनधारामा १२ जना र बाह्रदशीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

झापामा अहिलेसम्म स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार २,०९५ जनामा संक्रमण देखिएकोमा अहिले ७४२ संक्रिय संक्रमित छन् । जिल्लामा ४६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *