केर्खा, १६ कार्तिक–झापाको कमल गाउँपालिकामा आइपिएम आलु ब्लक संचालन समिती अन्तर्गत वार्ड कार्यालय २ ले आइतबार आलुको बीउ वितरण गरेको छ ।

आइपिएम प्रविधि अपनाउँ, दिगो कृषिमा टेवा पुर्याउँ भन्ने नाराका साथ संस्थामा आवद्ध सदस्यलाई पचास प्रतिशत अनुदानमा बीउ आलु प्राङ्गरिक मल, तथा टाइकोड्रमा वितरण गरेको समितिले जनाएको छ ।

कृषि ज्ञान केन्द्र झापाको सहयोग, कमल गाउँपालिकाको समन्वय र आइ।पि।एम आलु ब्लक संचालन समितिको व्यवस्थापनमा ३ सय २० जना कृषकलाई बीउ आलु तथा प्राङ्गरिक मल वितरण गरिएको समितिका अध्यक्ष याम बहादुर राईले बताए ।

हिजो एउटा वडामा सिमित आलु पकेट क्षेत्र आज गाउँपलिकाको ६ वटा वडामा आलुको ब्लक विस्तार भएको छ । केही समय अघि कृषकले उत्पालन गरेको आलु विक्री हुँदैन थियो आज खेत बाटै विक्री हुन थालेकोमा आफुलाई खुशीलागेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

गाउँपालिकामा रहेका विभिन्न सहकारीले आफ्नो उद्देश्य अनुरुप काम गरेका छैनन् तर यस समितिले आफ्नो उद्देश्य अनुरुप नै कृषकको हितमा काम गरेको छ । गाउँपालिकाको नीति अनुसार एक वाड एक उत्पादनमा समेत यस कार्यक्रमले सहयोग पुगेको अध्यक्ष काफ्लेले बताइन ।

समिति उपाध्यक्ष टंक कट्टेलले सञ्चालन गरेको कार्यक्रममा सदस्य दुर्गा पराजुलीले स्वगत मन्तव्य राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *