काठमाडौं, १७ कार्तिक–मोरङको विराटनगरमा दुई जना कोरोना संक्रमितको निधन भएको छ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको आइतबार साँझ मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ।
कोरोना पोजिटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनको आइतबार साँझ नै मृत्यु भएको दाहालको भनाइ छ।
