दमक, १७ कार्तिक–झापा, दमककी एक महिला स्वास्थ्यकर्मी (स्टाफ नर्स) को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षिया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको हो ।
यसअघि उनले दमकको आम्दा अस्पतालमा लामो समय काम गरेकी थिईन् ।
उनको हिजो आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।
योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्युभएको थियो ।
त्यस्तै, हिजो ४६ जनामा संक्रमण थपिएसंगै संक्रमितको सँख्या पनि ४१९ पुगेको छ ।
