दमक, १७ कात्तिक–दमकका ९ सहित झापामा थप ५९ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा २४ महिला र ३५ पुरुष रहेका छन ।
आज थपिएका संक्रमितहरु दमकका ९, बिर्तामोडका १३, अर्जुनधारा ५, कमलका ३, कन्काइका १४, शिवशताक्षीका ४, भद्रपुर २, झापा १, बुद्धशान्तिका २, गौरीगञ्ज १ गौरादहका ५ गरि ५९ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
हाल झापामा कुल संक्रमितको संख्या २१५४ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १३३६ पुगेको छ ।
हाल झापाका ७७२ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म कोरोनाबाट झापाका ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
