इटहरी, १७ कार्तिक–नेपालको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखाले आइतबार विमितका परिवारलाई ३२ लाख रुपैया हस्तान्तरण गरेको छ ।

बैदेशिक रोजगारीका शिलशिलामा युएईमा मृत्यु भएका मोरंग केराबारी–३ का सुजन श्रेष्ठका बुबा रामप्रसाद श्रेष्ठलाई १४ लाख रुपैया र इटहरी–१ का रत्नबहादुर याखा लिंखाको आमा केशरी याखा लिंखालाई १८ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

मृतक लिंखाले रु ५ लाख बीमांकको बाल अमृत बीमा गरी बार्षिक रु ३७,८९५ का दरले दुई किस्ता प्रिमियम बुझाउनु भएको थियो ।

रत्नवहादुरको कोरोना संक्रमणबाट मृत्यु भएको हो । लिंखालाई बैदेसिक रोजगार म्यादी बीमा अन्र्तगत १३ लाख रुपैया र ५ लाखको बीमा गरेबापत बीमांक ५ लाख रुपैया सहित एकमुष्ट १८ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।

लिंखाले पोलिसीको नियमानुसार अव १५ वर्षसम्म कुनैपनि किस्ता बुझाउनु पर्दैन र अवधि पछि बिमित मृतककी छोरी निनामालाई बिमाङ्क र बोनस करिब १० लाख रुपैया प्रदान गरिने कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राइले जानकारी दिनुभयो।

श्रेष्ठ परिवारको कान्छो छोरो हुन् । आमा बुबालाई सुख शान्ति पूर्वक पाल्ने धेरै पैसा कमाउँने सपना बोकेर विदेशिएको थियो तर अकालमा छोराको मृत्यु भएपछि विछिप्त बनेका बाबु आमाले छोराको शव बाकसमा आउदा परिवार नै भावविह्वल बन्न पुगेका थिए ।

छोराको भौतिक शरिर नरहेपनि उनले देखेको सपना भने नेशनल लाइफले थोरै भएपनि राहत दिएर मलम पटिको काम गरेको मृतकका परिवारहरुले बताएका छन् ।

धन कमाउँँने आशा र सपना साँचेर प्रदेशिएका धेरै नेपाली अनाहकमा ज्यान गुमाई रहेका बेला गत डेढवर्ष अघि यूएई गएका केराबारी ३ फूलबारी टोलका सुजन श्रेष्ठको गत असारमा मृत्युभएपछि आश्रित परिवारले कम्पनीको इटहरी शाखाबाट १४ लाख रुपैयाको चेक पाएका हुन् ।

मृतक श्रेष्ठको शव नेपाल ल्याइएका कारण श्रेष्ठको परिवारलाई १ लाख बढी प्रदान गरिएको र लिंखाको कोरोनाका कारण मृत्यु भएका कारण शव नेपाल नझिकाई विदेशमा सदगद् गराइएकोले १ लाख रुपैया कम प्रदान गरिएको हो ।

परिवारको कान्छो सन्तानको रुपमा रहेका सुजनको अल्पायुमा नै मृत्यु हुन पुग्दा आफूहरु मर्माहत बन्नु परेको पिडा त छदैछ यदपी बिमा गरेका कारण थोरै भएपनि राहत मिल्यो यसले बालबच्चाको भविश्यका लागि केही सहयोग पुग्ने लिंखाकी पत्निले बताइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *