पाँचथर, १७ कार्तिक–पाँचथर जिल्लाको प्रबेशद्वारका रुपमा रहेको राँकेबजार भएर भित्रने यात्रुको चेकजाँचमा कडाइ गरिने भएको छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रने नागरिकको तथ्यांक अध्यावधिक गर्न प्रत्येक पालिकालाई २–२ जना कर्मचारी खटाउन पत्राचार गरेको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेको बैठकले मेची राजमार्ग भएर छिमेकी जिल्ला इलाम,झापा,मोरङ र सुनसरी हुँदै भारतका विभिन्न स्थानबाट आउने नागरिकको विवरण लिएर सम्वन्धित पालिकाले कोरोना परिक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार सर्मा गुरागाँईले बताउनुभयो ।

नाकामा कडाइ नगर्दा संक्रमितहरु सोझै बाहिरबाट आएर समुदायमा पुग्ने र त्यसबाट थप जोखिम बढ्ने भन्दै समितिले यस्तो निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार अव राँके बजारमा प्रत्येक स्थानीय तहबाट कम्तिमा २–२ जनाका दरले कर्मचारी खटी सवारी साधनबाट आउनेको तथ्यांक लिएर आ आफ्नो पालिकामा रिपोर्टिङ गर्नेछन । जोखिम रहेका स्थानबाट आएका संकास्पद विरामीको पिसिआर परिक्षणसँगै क्वारेन्टाइनको व्यवस्थापन सम्वन्धित स्थानीय तहले आ आफ्नै ठाँउमा गर्नुपर्ने बताइएको छ ।

यसैविच विभिन्न स्थानबाट जिल्ला भित्रिने सवारीका साधनमा स्वास्थ सम्बन्धि मापदण्ड अपनाएको नपाइएकाले अनुगमन गर्ने पनि निर्णय सोहि बैठकले गरेको छ ।

बैठकले सदरमुकाम फिदिममा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरको व्यवस्थित रुपमा सञ्चालन गर्न स्वास्थ कार्यालय र अस्पतालको ध्यानाकर्षण गराउनका साथै जिल्लामै पिसिआर मेसिन व्यवस्थापनका लागि माथिल्ला निकायसँग समन्वयन गर्ने निर्णय समेत भएको छ ।

जिल्लामा पछिल्लो पटक समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेपछि समितिले यस्तो निर्णय गरेको हो । हाल जिल्लामा संकृय संक्रमितको संख्या १३ छ । जसमध्ये अधिकांश समुदाय स्तरकै छन ।pantha

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *