काठमाडौं, १८ कात्तिक–कोरोना महामारीका कारण बन्द रहेको सवारी साधनको लाइसेन्सका लागि लिइने ट्रायल खुल्न सकेको छैन। सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भए पनि ट्रायल भने सुरू हुन सकेको छैन।

ट्रायलको जिम्मा प्रदेश सरकारको हो। तर सफ्टवेयर लगायत अन्य प्रशासनिक काम यातायात व्यवस्था विभागले नै हेरिरहेकाले विभागसँग सल्लाह गरेर ट्रायल खुलाइने प्रदेश नं २, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता कृष्णकुमार मिश्रले जानकारी दिए।

‘परीक्षामा सोधिने प्रश्न, सफ्टवेयर लगायत जिम्मा हालसम्म विभाग अन्तर्गत नै छ। विभागले भनेअनुसार तयारी गरेर ट्रायल खुलाउछौं,’ उनले सेतोपाटीसँग भने।

दिनानुदिन कोरोना संक्रमण बढ्दै गइरहेकाले अवस्था हेरेर मात्रै ट्रायल सञ्चालन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी दिए।

‘यो विषयमा हामीले केन्द्र तथा प्रदेश मन्त्रालय, यातायात कार्यालय, ट्रायलको लागि सवारी साधन उपलब्ध गराउने कम्पनी, ड्राइभिङ सेन्टर लगायत सबै पक्षसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘सबैको सुझाव अनुसार नयाँ कुनै मापदण्ड बनाउने वा पहिले झैं गर्ने निणर्य गर्छौं।’

ट्रायल कहिले र कसरी गराउनेबारे २-४ दिनमै निणर्य हुने भुषालले बताए।

‘निणर्य त हामी तिहार अगाडि नै गर्छौं। तर तयारी गर्न पनि केही समय लाग्ने भएकोले ट्रायल भने तिहारपछि मात्रै खुल्छ होला,’ उनले भने।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *