धरमपुर, १८ कार्तिक–शारिरिक रुपमा कमजोर झापा शिबसताक्षी-१ धरमपुरका माइला भनेर परिचित दलबहादुर चेम्जोङको सवारी दुर्घट्नामा परेर मृत्यू भएको नौ दिन बित्यो । बडा दशै अर्थात १० कार्तिक, सोमबार साँझ ७ बजे पुर्वपश्चिम लोकमार्गको धरमपुर सडक खण्डमा दुर्घट्ना परेर घाइते अवस्थामा बिर्तामोडस्थित एक अस्पतालमा उपचारको क्रममा माइलाको मृत्यू भएको थियो ।
दुर्घट्ना भएको नौ दिन बित्यो, मृतक परिवारलाई राहत छैन मृतकका आफन्त धरमपुरका स्थानीयवासी जयकुमारी चेम्जोङले भनिन्–घट्ना दुखद हो तर पीडित परिवारले न्याँय कहिले पाउने ? उनले हामी नेपालीहरुको महान चाडँ बिजया दशमी (दशैं) को साँझमा व्यस्त सडकबीचमा ठक्कर दिएर फरार सवारी साधनको खोजी कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनलाई आग्रह गरिन् ।
स्थानीय नेत्र नेम्बाङले एउटा अशक्त अनि कमजोर मान्छे सवारी दुर्घट्नामा परेर ज्यान गुमाएको छ तर प्रहरी प्रशासन उक्त घट्नालाई आलटाल गरेर समय व्यथित गरिरहेको बताए । उनले दशैंमा प्रहरी प्रशासन कार्यव्यत भएपनि यतिवेलासम्म घटनाको अनुसन्धानमा प्रहरी चुकिरहेको बताए ।
यता, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक ध्रुब श्रेष्ठले घट्नाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनले घटनास्थलमा भेटिएको केही पार्टसबाट ठककर दिने बुलेट मोटरसाइकल भएको र केही आशंकामा पहिलो चरणमा एउटा बलेट मोटरसाइकल ल्याइएको र सो मोटरसाइकल पश्चात आधा दर्जन बुलेट मोटरसाइकल अनुसन्धानका लागि ल्याइएको जानकारी दिए ।
मृतक माइला झण्डै दुई दशकदेखी धरमपुरको गाउँ–गाउँमा पत्रिका बिक्री गरेर जीवन निर्वाह गरिरहेका थिए । उनी प्रष्ट बोल्न सक्दैनथे भने उनको कानमा समस्या थियो । शारिरिक रुपमा उनी अशक्त हुन् । उनको खुट्टामा समस्या थियो । उनी हिड्न मुस्किलले मात्रै सक्थे ।
