दमक, १९ कार्तिक–झापाको दमकमा कोरोना संक्रमित युवतीले आत्महत्या गरेकी छिन् ।
कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक-५ की एक युवती आफै सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
२२ वर्षिया दीक्षा लिम्बुले गएराति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। लिम्बु संक्रमण पुष्टि भएपछि दुई दिनदेखि होम आइसोलेसनमा रहेकी थिईन ।
त्यस्तै दमकमै थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षीय फौदसिंह राई रहेका छन् ।
विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे उनको मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको जनाइएको छ ।
