बिर्तामोड, १९ कात्तिक–झापाको मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट पटकासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ का २९ वर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् ।
भारतबाट नेपालतर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।
अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा विभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको पटका, अटो र मानिस सहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानुनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।
