काठमाडौं, १९ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजीनामा दिएमा देश बर्वादीतर्फ जाने बताएका छन्। बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने दाबी गरेका हुन्।

‘तपाईहरु आफै विचार गर्नुहोस् अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु हुदैन’ उनले अगाडि भनेका छन्, ‘बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसकेछ राजीनामा दिन पस्यो भनेर, तर मैले राजीनामा दिए भने देश बबादीतर्फ जान्छ त्यसैले राजीनामा पक्षमा छैन।’

‘सरकारमा आफ्नो रहरले नआएको पनि उनले बताएका छन्। ‘म मेरो रहले यहाँ आएको होइन। जनले मलाई जनताले विश्वास गरेर यहाँ पठाएका हुन्’, उनले भने, ‘अहिले सरकार फेरिन्छ कि भन्ने चर्चा चलिरहेको छ। तपाईंहरु ढुक्क हुनुहोस् सरकार फेरिँदैन।’

देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेले सरकारको आलोचना गरिरहेका उनले दाबी गरेका छन्। ‘अहिले जतिले सरकारको आलोचना गरिरहेका छन्।

उनीहरु देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरु हुन्, उनीहरुलाई त्यस्तै आदत छ,’ उनले भने, ‘बाहिर के तयारी भइरहेको छ भन्ने कुरा होइन। त्यसबारेमा मलाई थाहा छैन। बाहिरी हल्ला हल्लामै सीमित हुन्छन्, हुनेवाला केही छैन।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *