काठमाडौं, २० कार्तिक–इन्डियन प्रिमियर लिग ९आइपीएल०मा लिग चरणका खेल सकिएसँगै उपाधि अभियानको अर्को चरण अर्थात प्लेअफ पुग्ने टीमको छिनोफानो भइसकेको छ।
मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावाद तथा रोयल्स च्यालेन्जर्स बैंगलोरले प्ले अफमा स्थान बनाएका छन्। जहाँ दिल्ली र बैंगलोर पहिलो उपाधिको लडाइँमा हुँदा मुम्बई पाँचौ पटक उपाधि जित्ने अभियानमा छ। त्यस्तै, हैदरावाद तेस्रो पटक च्याम्पियन बन्ने ध्याउनमा हुने छ।
दुबईमा ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स तथा दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन्। ६ नोभेम्बरमा अबुधाबीमा एलिमिनेटरका लागि हैदरावाद र बैंगलोर प्रतिष्पर्धा गर्दैछन्।
लगातार दोस्रोपटक उपाधि जित्ने ध्याउन्नमा मुम्बई इन्डियन्स
डिफेन्डिङ च्याम्पियन्स मुम्बई इन्डियन्सले पछिल्लो सिजनको फर्मलाई अहिलेको सिजनमा पनि जारी राखेको छ। चेन्नईविरुद्ध सिजनको पहिलो खेल हारेपछि टीमले जबरजस्ती पुनरागमन गरेको छ र लगातार दोस्रो पटक प्ले अफमा स्थान बनाएको छ। जारी सिजन मुम्बई निकै ब्यालेन्स टीमका रुपमा रहेको छ।
टीमका ब्याट्सम्यान र बलरहरूले निकै राम्रो भुमिका निभाएका छन्। ३ ब्याटसम्यानहरू क्विन्टन डिकक, इशान किशन, तथा सुर्यकुमार यादवले ४०० प्लस रन बनाएका छन्। जहाँ टीमका ती बलरहरू सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १० मा रहेका छन्।
मुम्बईले सर्वाधिक चारपटक आइपीएलको उपाधि उचालिसकेको छ। उसले २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितको छ। यो पटक पनि उसको लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्नेमा हुनेछ।
दिल्ली लगातार दोस्रो पटक प्ले अफमा
दिल्लीले सिजनको सुरुवातमा राम्रा खेलाडीहरूलाई टीममा सहभागि गरायो। शिखर धवन तथा अजिंक्य रहाणे जस्ता ब्याट्सम्यानहरू सहभागि भए।
त्यस्तै, आर अश्विन जस्ता भरपर्दा स्पीनरको साथसँगै दिल्ली बलियो अवस्थामा पुग्यो। सिजनमा १९ विकेट लिएका नचरिच नोर्तजेलाई पनि क्रिश वोक्सको स्थानमा टीममा सहभागि गरायो। दिल्लिले गरेका यि सबै निर्णय सहि सावित भए।
बलरको बलमा दिल्लीले सिजनमा ६ पटक लक्ष्य जोगाउन सफल भयो। लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाएको दिल्ली गत संस्करणमा क्वालिफायर राउन्ड २ मा चेन्नईसँग पराजित भएर उपाधि अभियानबाट बाहिरिएको थियो।
हैदरावाद लगातार पाँचौ पटक प्ले अफमा
हैदरावादले सन् २०१६ पछि लगातार पाँचपटक प्ले अफमा स्थान बनाएको छ। टीमले २००९ र २०१६ मा आइपीएल उपाधि जितेको थियो। जारी प्रतियोगिताको सुरुवातमा पछि परेपनि सानदार पुनरागमन गर्दै प्ले अफमा स्थान बनाएको छ।
खेलमा खारिएसँगै टीम राम्रो लयमा समेत रहेको छ। कप्तान डेभिड वार्नरको अगुवाइमा टीमले राम्रो ब्याटिङ गरिरहेको छ। वार्नरले ५००, मनीष पाण्डे तथा बेयरिष्टोले ३०० बढी रन बनाएका छन्। जहाँ रसिद खान, सन्दीप शर्मा तथा टी नटराजन भुवनेश्वर कुमारको अभाव खड्कन दिएका छैनन्।
भुवनेश्वर चोटका कारण टीमबाट बाहिर छन्। चोटका कारण मिशेल मार्शको स्थानमा आएका जेसन होल्डरले अलराउन्डर प्रदर्शन गरेका छन्।
२०१६ पछि आरसिबी प्लेअफमा
बैंगलोरलाई पहिलो पटक उपाधि जित्ने अवसर प्राप्त भएको छ। अनुभवी र युवा खेलाडीको राम्रो प्रदर्शनका कारण बैंगलोर प्ले अफमा स्थान बनाउन सफल भएको हो।
पहिलो पटक आइपीएल खेलिरहेका देवदत्त पडिकलले टीमका लागि सर्वाधिक ४७२ रन बनाएका छन्। जहाँ युजवेन्द्र चहलले २० विकेट लिएका छन्। सिजनको शीर्ष पाँच बलरको रेशमा स्थान बनाउने उनी एक मात्र स्पीनर हुन्।
टीमका कप्तान विराट कोहलीले ४६० रन बनाएका छन्। एबी डिभिलियर्स ३९८ रन बनाउँदै टीमलाई धेरै पटक जित नजिक पुर्याएका छन्। आरसीबीले २००९, २०११, २०१५, २०१६ मा गरी चारपटक प्ले अफमा स्थान बनाएको थियो भने तीन पटक फाइनल खेलिसकेको छ। तर, निरन्तर पराजित हुँदै आएको छ।
