काठमाडौं, २० कार्तिक–बीमा कम्पनीहरुले कोरोना बीमा दाबीको भुक्तानी सुरु गरेका छन्।

बीमा समितिले कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएपछि कम्पनीहरुले त्यसको प्रक्रिया थालेका हुन्। हिजो बसेको बिमक संघको बैठकले आजैदेखि भुक्तानी गर्ने निर्णय गरेको छ।

बीमा पुलले दाबी प्रमाणित गरी सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन भने थप एक दुई दिन लाग्ने बताइएको छ।

बैठकको सहमतिअनुसार बीमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बीमा पुलमा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले अब प्रक्रिया पुगेका सबैले कोरोना बीमाको दाबी भुक्तानी पाउने बताए।

बिमाको भुक्तानी लिनका लागि कोरोना पोजिटिभ देखिएको पीसीआर रिपोर्ट, बीमा लेखको प्रतिलिपि, पूर्ण रूपमा भरिएको दाबी फारम, घरमै आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायको सिफारिस, अस्पतालमा उपचार गरेको भए डिस्चार्ज रिपोर्ट, संक्रमितको परिचय खुल्ने आधिकारिक परिचयपत्र र अस्पतालमा उपचार गरेको भए उपचारको बिल बुझाउनुपर्छ।

कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमा लेख बिक्री सुरु गरिएको थियो। निर्जीवन बीमाकम्पनीले उक्त बीमा लेख बिक्री गरिरहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *