काठमाडौं, २० कार्तिक–नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।

बंगलादेश प्रस्थान गर्नेमा २५ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली छ । नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले त्यता एक साता क्‍वारेन्टिनमा बस्‍नेछ ।

एक साताको क्‍वारेन्टिनपछि नेपाली टोलीको कोरोना परीक्षण गरिनेछ । नेपालले कात्तिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने मितिको तय भएको छ ।

मुख्य विदेशी प्रशिक्षक योहान कालिनको अनुपस्थितिका कारण टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई दिइएको छ । त्यस्तै, गोलकिपर प्रशिक्षकमा भने विकास मल्ल छन् ।

नेपाली टोलीको कप्तानी भने गोलकिपर किरण लिम्बूलाई दिइएको । फिफा विश्‍वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टिमः
अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्‍जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *