काठमाडौं, २० कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरु भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट गर्ने भनिए पनि पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।
पार्टीभित्र देखिएको विवाद चरम मोडमा पुगेसँगै ओली प्रचण्डबीच भेटघाट मात्र होइन फोन सम्वाद समेत टुटेको छ । अहिले पार्टी विभाजनको संघारमा पुगेका खबरहरु बाहिरिरहेका छन् ।
पार्टी विभाजनको खतरा बढेका बेला दोस्रो पुस्ताका नेताहरुले दुई अध्यक्षबीच संवादको वातावरण बनाउने पहल गरिरहेका छन् ।
