काठमाडौं, २० कार्तिक–पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३४ सय ३० जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ४८ हजार ४०८ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या एक हजार ५२ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १३ हजार ६८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १५ लाख ७ हजार १९० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *