काठमाडौं, २० कार्तिक–धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरेको बताएको छ।

बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *