काठमाडौं, २० कार्तिक–भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको छ। सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह करिब चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिएकी हुन्।

यसअघि, सेनाध्यक्ष नरवणेलाई आजै बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो। उनको सम्मानमा आजै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ

सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ।

सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो।

नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात् सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *