काठमाण्डौं, २१ कार्तिक–ओली–प्रचण्ड विवादले पार्टीलाई दुर्घटनाउन्मुख गराएपछि दोस्रो तहका नेताहरूले अनौपचारिक तहमा सम्पर्क बढाएका छन् ।

स्थायी कमिटी सदस्य तथा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेको समस्या पार्टीको आन्तरिक जीवनको संस्थागत समस्या भएकाले त्यसलाई संस्थागत विधि र प्रक्रियाबाटै समाधान खोज्नुपर्ने बताए ।

उनले बिहीबार स्थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलसँग पार्टीको आन्तरिक संकटकै विषयमा केहीबेर छलफल समेत गरेका थिए ।

‘हाम्रो समस्या भनेको संस्थागत जीवनमै हो । संस्थागत जीवनमा कसैको आरोप–प्रत्यारोप छ भने संस्थागत रूपमा राख्नुपर्छ, त्यहींबाट सुधार गर्नुपर्छ,’ भुसालले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

अहिले देखिएको विवादले पार्टीमा फुटको कुनै सम्भावना नरहेको प्रस्ट्याउँदै भुसालले पछिल्लो तिक्तता हटाएर दुई अध्यक्षबीचको दूरी कम गराउन र संस्थागत प्रक्रियाबाटै समस्याको समाधान खोज्ने दिशामा दोस्रो तहका नेताहरूबीच एक–दुई दिनमै सघन संवाद अघि बढाउने तयारी भइरहेकोसमेत जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *