काठमाडौं, २१ कार्तिक–मुलुकभर लक्षणसहितका कोभिड(१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको आइसियु र ७४ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात् भेण्टिलेटरमा राखेर उपचार गरिन्छ।

गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार २ सय ११ आइसियु, भेन्टिलेटरमा ३५ र होम आइसोलेसनमा १८ हजार ६ सय ३२ रहेका छन्।

लुम्बिनी प्रदेशमा २ हजार ५ सय ८३ होम आइसोलेसनमा रहेका छन्। आइसियुमा ६२ र भेन्टीलेटरमा ५ जना छन्। प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ६ सय ९८, आइसियुमा ४५ र भेन्टीलेटरमा १३ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ७ सय १०,आइसियुमा ८९ र भेन्टीलेटरमा १७ जना छन्। प्रदेश २ मा ८ संक्रमित आइसियुमा उपचाररत छन्। होम आइसोलेसनमा ९ सय ८६ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ५५ पुगेको छ।

आइसियुमा ४ जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ७ सय १० र आइसियुमा ९ र भेन्टीलेटरमा ४ जना संक्रमित उपचाररत छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *