काठमाडौं, २१ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५२ हजार ९०८ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार २५४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *