काठमाडौं, २२ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ ।

नेकपा अध्यक्ष पुष्षकमल दाहालले हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापालगायत अनुपस्थित थिए ।

अध्यक्ष ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू केही हच्चिए पनि अहिले पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन् । हिजोको बैठकले भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहमतिमा सचिवालय बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको थियो ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *