दमक, २२ कार्तिक–झापाको शिवसताक्षी शिबगञ्ज-हल्दिबारीमा कोरोना संक्रमित एकजना युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ कि २५ वर्षीय युवतीको विराटनगरस्तित नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

शिवसताक्षी नगरपालिकाले जनाए अनुसार उनको शव विराटनगरबाट शिबसताक्षीमा ल्याउने तयारी भइरहेको छ ।

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने नगरपालिका स्रोतले बताएको छ । मृतक दुधेस्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन् ।

शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *