दमक, २२ कार्तिक–जनता समाजवादी पार्टी झापाका अध्यक्ष तथा दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाका सञ्चालक समिति सदस्य दिपेनवाला राईलाई पितृ शोक परेको छ । बालाका पिता ९९ बर्षिय धनबल राईको आज साँझ ७ः३० बजे झापा कमल गाउँपालिका वडाँ नं ६ झारबारीस्थित निजी निवासमा देहान्त भएको हो ।

उमेर र स्वास्थ्यको कारण थलिएर लामो समयदेखी धनबल राई घरैमा आराम गरिरहेका थिए । स्वर्गीय धनबल राईका श्रीमतीसहित ४ जना छोराहरु र २ जना छोरीहरु छन् ।

धनबलको पार्थिब शरिरलाई भोली आइतबार दिउँसो सितापुरीस्थित पुर्वपश्चिम लोकमार्गको उत्तरतर्फ रहेको रतुवामाई बृक्षारोपरण आयोजनाको बन क्षेत्रमा अत्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *