दमक, २२ कार्तिक–झापामा शनिबार २३ महिला र ५२ जना पुरुष गरी ७५ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी २७ जना संक्रमित दमक नगरपालिकाका रहेका छन्।
दमकमा ६ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। त्यस्तै बिर्तामोडका ४ महिला र १० पुरुष गरी १४ जना संक्रमित थपिएका छन्।
सङ्क्रमितमध्ये तीन स्वास्थ्यकर्मी हुन्। यसैगरी भद्रपुर नगरपालिकामा ४ महिला र ९ पुरुष गरी १३ जना, कमल गाउँपालिकामा ४ महिला र २ पुरुष, गरी ६ जना, कनकाईमा ५ पुरुष, शिवसताक्षी र बुद्ध शान्तिमा १-१ महिला र १९१ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
त्यसैगरी मेची नगरमा ३ पुरुष, अर्जुनधारा र बाह्रदशीमा १९१ महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय ९ पुगेको छ।
