काठमाडौं, २३ कार्तिक–कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे ।

उता रियल बेटिसका लागि एन्टोइन सराविया र मोनोन गेरासियाले एक–एक गोल गरे । खेलको २२ औं डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समायमा सनारवियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्न सफल भएको । ४९ औं मिनेटमा ग्रिजम्याननले गोल गर्दै बार्सिलोनाको अग्रता २–१ गोलको बनाए ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ६१ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ गोलको बनाए । ७३ औं मिनेटमा गेरासियाले गोल गर्दै पाहुना टोली बेटिसलाई ३–२ गोलको अवस्थामा पुगाए ।

८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–२ गोको अवस्थमा पुगाए । ९० औं मिनेटमा पेड्रीले गोल गर्दै टिमलाई ५–२ गोकला जित दिलाए ।

जितसँगै बार्सिलोनाले ७ खेलबाट ११ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको आठौं स्थानमा रहेको छ । पराजित बेटिस १२ अंक सहित तालिकाको सातौं स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *