अमेरिका, २२ कात्तिक–संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका जो बाइडेन निर्वाचित भएका छन्।

बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। अमेरिकी सञ्चार माध्यम द न्युयोर्क टाइम्सले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको हो।

बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित गरेको छ।

बाइडेनले पेन्सिलभेनिया राज्यमा जितेर कुल २७३ सिट इलेक्ट्रोल कलेज सुरक्षित गरेका छन्। अमेरिकामा निर्वाचन भएको चार दिनपछि को राष्ट्रपति हुन्छ भनेर निश्चित भएको हो।

तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ। बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए।

दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *