चितवन, २३ कार्तिक–चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ ।

निकुञ्जभित्र चराउने क्रममा हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

चराउने क्रममा हात्ती तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ । राजगज हात्ती राष्ट्रिय प्रकृति संरक्षण कोषमा नै जन्मिएर हुर्किएको हात्ती हो । भाले हात्तीको स्वभाव पोथी हात्तीको भन्दा अली आक्रमण हुने समेत लामिछानेले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *