दमक,२३ कार्तिक–झापाको दमक २ बेलडाँगीमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ ।

लामो समयको तयारीपछि दमक–२ भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुननिर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।

सो उपचार केन्द्रको आइतबार प्रदेशसभा सदस्य अर्जुन राईले औपचारिक रुपमा उदघाटन गरे । उद्घाटन गर्दै उनले विश्वभर फैलिएको कोरोना महामारीसंग जुध्न सबै शक्ति एक ठाँउमा उभिने बेला आएको बताए ।

अक्सिजन सहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । यस क्षेत्रका संक्रमितहरुको उपचारका लागि सो केन्द्रले सहयोग पुरयाँउने उनले वताईन् ।

यसअघि, दमकमा दमक ४ स्थित दाहाल प्रतिष्ठान,दमक १० को विज्ञान पार्कको प्रशासनिक भवन ,दमक अस्पताल र आम्दा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन हुदैआएका थिए ।

संघिय सरकारले सबै स्थानीय तहलाई विभिन्न मापदण्डहरुसहित आ–आफना पालिकाका कोरोना संक्रमितहरुको उपचारका लागि कोभिड अस्पताल सञ्चालन गर्न करिब दुई महिना अघिनै सर्कुलर गरेको थियो ।

धेरै जसो स्थानीय तहले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याए पनि यसअघि दमकमा कोभिड अस्पताल स्थापनामा ढिलाई भएको स्थानीयले गुनासो गरिआएका थिए ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले नगरपालिकाले कोरोना लक्षण देखिएकाहरुको स्वाव संकलन गरी निशुल्क पिसिआर परीक्षण गर्ने क्रमलाई निरन्तरता दिइरहेको जानकारी दिए ।

भट्टराईका अनुसार नगरपालिकाले सातामा दुई दिन करिब ३०० जना सम्मको स्वाव संकलन गर्ने काम भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *