दमक, २३ कात्तिक–झापाको दमकका १३ सहित जिल्लामा थप ७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा २८ महिला र ४८ पुरुष रहेका छन ।

त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा, भद्रपुर र दमकका रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।

आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरुमा दमकका १३, बिर्तामोडका ७, मेचीनगरका ३, अर्जुनधाराका १, कन्काइका ३, गौरादहका १५, कचनकवलका १, कमलका १५, शिवसताक्षीका ३, गौरीगञ्जका २ र पालिका नखुलेको १६ गरि ७६ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।

हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ५८९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ५८८ पुगेको छ । त्यस्तै, हाल झापामा ९३७ जना सक्रिय संक्रमित रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *