काठमाण्डौं, २३ कार्तिक–अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यास सुरु गरेको छ।

नेपाली टिम गत बिहीबार बंगलादेशको राजधानी ढाका पुगेको थियो। ढाका पुगेपछि नेपाली टिमको कोरोना भाइरसको टेस्ट गरिएको थियो। टेस्टमा सबैको नेगेटिभ नतिजा आएको थियो।

आइतबार मैदानमा अभ्यास गरेको नेपाली खेलाडी दुई दिन होटलमै फिटनेटको अभ्यास गरेका थिए।

अझै नेपाली टिमको तीन पटक कोरोनाको टेस्ट गरिनेछ। अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार नोभेम्बर १०, १४ र १७ मा पिसिआर परीक्षण गरिनेछ।

नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने पाँच बजे सुरू हुनेछ।

खेलको बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। टी-स्पोर्ट्सले इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्नेछ।

ढाका जाने टोलीमा आठ नयाँ खेलाडी छन्। जसमा एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ छन्।

टोलीका केही महत्वपूर्ण खेलाडी भने कोरोना सङ्क्रमण देखिएपछि बङ्गलादेश गएका छैनन्।

चोटका कारण नियमित खेलाडी रोहित चन्द पनि ढाका जान सकेनन्।

नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा बङ्गलादेशसँग खेल्नेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले साफ च्याम्पियनसिपपछि बङ्गलादेशसँग खेलेको छैन। विसं २०७५ को भदौमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बङ्गलादेशलाई हराएको थियो।

नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्।

टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *