काठमाडौं, २४ कार्तिक–प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ को बराबरी खेलेका हुन् ।

सिटीको घरेलु मैदानमा सिटी अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा पाहुना टोली लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । लिभरपुलका लागि मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

खेलको १३औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गरेका हुन् । पेनाल्टी क्षेत्र भित्र साडिओ मानेले बल अगाडि बढाउने क्रममा सिटीका डिफेन्डर वाल्करले फाउन गरेपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी दिएको थियो । सोही पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सलाहले लिभरपुलाई अग्रता दिलाएका हुन् ।

तर, ३१औं मिनेटमा घरेलु टोली सिटीले खेल बराबरीमा ल्यायो । गाब्रियल जेससले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले डी ब्रुइनोको पासमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्यएका थिए ।

४२औं मिनेटमा सिटी अग्रता लिनबाट चुकेको थियो । लिभरपुलका डिफेन्डरले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा डी ब्रुइनो चुकेपछि सिटी खेलमा अग्रता लिनबाट चुकेको थियो । उनले पेनाल्टी साझै पोस्ट बाहिर प्रहार गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै थप गोल हुन सकेन । दुवै टोलीबाट कुनै थप गोल हुन नसकेपछि खेल १-१ को बराबरीमा रोकिएको हो । यस बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् ।

यससँगै लिभरपुलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिभरपुलले आठ खेलमा १७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । सात खेल खेलेको सिटी भने १२ अंकसहित ११औं स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *