दमक, २४ कार्तिक–मोरङको विराटनगरस्थित नोवेल अस्पतालमा अपचाररत झापा दमकका एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुने व्याक्ति दमक-१ निवासी डम्बर भट्टराई हुन् । उनी इसाई समाज दमकका पुर्व कोषाध्यक्ष एबम् पाष्टर हुन् ।

दमक इसाई समाजका अध्यक्ष एबम् दमकका सामाजिक अभियान्ता पाष्टर आकाश थुलुङ राईका अनुसार मृत्यु हुने पाष्टर भट्टराई दमकस्थित नाजरिन मण्डलीका पाष्टरको रुपमा कार्यरत हुन् ।

कार्तिक ७ गते उनलाई विराटनगरको नोवेल अस्पतालमा उपचारको लागि लगिएको थियो, समाजका अध्यक्ष पाष्टर राईले भने–उनको स्वास्थ्य अवस्था सम्बन्धी हिजो मात्रै बुझेर आएका थियौ । चिकित्सकका अनुसार स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाएको थियो । तर, आज बिहान अचानक मृत्यू भएको खबर आयो । पत्याउनै नसकिने खबरले हामी इसाई समाज दमक परिवार स्तब्ध अनि मर्माहत भएका छौं ।

उनको श्रीमति र एक छोरी छन् । उनको शब आजै कमल गाउँपालिकाको सितापुरीस्थित रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा धार्मीक संस्कार अनुसार अन्त्येष्टी गरिने भएको इसाई समाज दमकका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *