संखुवासभा, २४ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओली बुधबार आउने भएपछि जिल्लामा तयारी तीव्र पारिएको छ।

प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिए।

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका-१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमनपश्चात राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्ने प्रजिअ आचार्यले बताए।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशु मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम सहितको टोली लिएर किमाथांका नाका निरीक्षण गर्न कार्यक्रम रहेको सांसद राजेन्द्र गौतमले जानकारी दिए।

सांसद गौतमले भने, ुप्रधानमन्त्री ओली सहितको टोलीले किमाथांका नाका, उत्तर–दक्षिण कोशी राजमार्ग र ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइड निरीक्षण गर्न कार्यक्रम छ।ु

किमाथांकामा प्रधानमन्त्री ओलीलाई भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे लगायतका जनप्रतिनिधि र स्थानीयले स्वागत गर्ने तयारी भएको उनले बताए। उक्त राजमार्गको निरीक्षणपश्चात् हेलिकप्टरमार्फत मकालु गाउँपालिका-५ मा रहेको अरुण तेश्रो परियोजनाको अनुगमन गर्न ड्याम साइड फ्याक्सिन्दा दोभान जाने कार्यक्रम छ।

फ्याक्सिन्दामा प्रधानमन्त्री ओलीले जिल्लाका नेता कार्यकता,जनप्रतिनिधि र स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम सकेर दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको सांसद गौतमले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *