मानव जीवनमा स्पर्शको आफ्नै महत्व छ । आफ्नो यौन भावना प्रकट गर्न र यौन साथीलाई उत्तेजित बनाउन स्पर्शको विशेष महत्त्व एवं योगदान हुन्छ । पुरुष र महिला दुवैको शरीरका यौनाङ्गमा मात्र नभै शरीरभरि नै यौन संवेदनशील क्षेत्रहरू छन् । तिनीहरूको स्पर्श एवं घर्षण मात्र पनि यौन उत्तेजना जगाउन पर्याप्त हुन्छ ।

वरिपरिको वातावरण तथा मानवीय सम्बन्ध विचार गरेर मात्र यौन स्पर्श गर्न सकिन्छ । स्नेहपूर्ण स्पर्श सर्वदा स्वीकार्य भए पनि यौन स्पर्श चाहिँ यौन साथी वा दम्पतीबीच मात्र हुनसक्छ । यौनिक हिसाबले दृश्य, गन्ध वा ध्वनिको आफ्नै महत्व भए पनि जोसुकैलाई यौन परिकल्पना वा यौन परिदृश्यपछि वास्तविक स्पर्श गर्न पाए कस्तो हुने थियो होला भन्ने भोक जाग्छ ।

यौन प्रतिक्रिया चक्रको अन्तिम गन्तव्य योनि लिङ्गबीचको मिलन वा घर्षण हो । जुन यौनाङ्ग बीचको स्पर्शको पृथक् रूप हो ।

यस अर्थमा स्पर्शबिना चरम सन्तुष्टि अर्थात् अर्गाज्म प्राप्त गर्न असम्भव प्रायस् छ । यौनाङ्ग बीचको घर्षण बाहेक अँगालो मार्नु, सुमसुम्याउनु, चुम्बन गर्नु, दबाउनु, हल्का चिमोट्नु, कान टोक्नु, औंला टोक्नु सबै यौन स्पर्शका रूप हुन् । धेरैजसो यौन दुव्र्यवहार वा यौन हिंसामा पनि स्पर्शकै भूमिका हुन्छ ।

सार्वजनिक स्थानमा तथा अपरिचित एवं नातेदारका यौन संवेदनशील अङ्गहरूको स्पर्श सामाजिक दृष्टिले वर्जित छ, तर पनि कतिपय पुरुष सार्वजनिक यातायातमा विशेषतस् बाह्य घर्षण ९स्पर्श० कै माध्यमबाट क्षणिक यौन आनन्द लिने लालसा राख्छन् ।

विशेष खालको कपडा तथा यौन खेलौनाको माध्यमबाट यौन आनन्द लिँदा पनि स्पर्शकै भूमिका हुन्छ । सफल यौन जीवनका लागि स्पर्श ९घर्षण० को महत्व थाहा पाउनुका अतिरिक्त यसको गलत प्रयोगबाट निस्कने परिणामसम्बन्धी जानकारीसमेत राख्नु बुद्धिमानी हुन्छ ।

आकर्षणको केन्द्र

जीव विज्ञानअनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक पैदा गर्ने गुणहरू हुन्छन् । यसैकारण पनि विशेषतस् किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षित हुन थालिन्छ । यस्तैमा पुरुष तथा महिलाका लागि यौन आकर्षणका आ–आफ्नै अङ्ग वा अपेक्षा हुन्छन् ।

पुरुषहरू महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । उनीहरू अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली तथा पहिरनबाट पनि आकर्षित हुन्छन् ।

महिलाहरूलाई भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटो मुनिको रौं यौन आकर्षक लाग्छ । पुरुषको ओठ, आँखा पनि आकर्षक नै मानिन्छ ।

पोर्नोग्राफीबाट परिचित महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिङ्ग ठूलो र लामो होस् भन्ने कामना गर्न सक्छन् । सारांशमा महिलालाई पुरुषको व्यक्तित्वले लट्ठ पर्छ ।

यद्यपि व्यक्तिविशेषको दृष्टिकोणले गर्दा कसैलाई के, कसैलाई के आकर्षक लाग्छ भने एउटा व्यक्तिलाई आकर्षक लागेको व्यक्ति वा अङ्ग अर्कोलाई अनाकर्षक लाग्न सक्छ । त्यसैले यो पनि सापेक्षिक विषय हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *