दमक, २४ कार्तिक–प्रदेश १ मा कार्त्तिक २५ गते मंगलबार सार्वजनिक विदा परेको छ । किराँत धर्मको समाज सुधारक फाल्गुनन्द लिङ्देन जन्मजयन्तीको अवसरमा मंगलबार प्रदेशभरी सार्वजनिक विदा दिइएको हो । सार्वजनिक विदाबारे राजपत्रमा प्रकाशित गरिएको छ ।

किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँछन् ।

नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कार्त्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

किराँत धर्मको समाज सुधारकको रूपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती किराँत धर्मावलम्बीहरूले धूमधामका साथ मनाउँदैछन्।

नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न। १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किराँत समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रितको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनलाई किराँत धर्मावलम्बीहरूले देवदूतको रूपमा उच्च सम्मान गर्दैआएको किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम बताउँछन्।

अध्यक्ष थेगिमका अनुसार किराँतीहरूलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्ने महागुरु फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दस लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरूलाई पाँचथरको लेब्रेकुटी भन्ने स्थानमा भेला गराएर दस बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गराएका थिए।

त्यही ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशको रूपमा लिइने गरिएको छ। नौ हात लामो काँचो कागजमा लेखिएको मुचुल्काको एउटा प्रतिलिपी आफूसँग सुरक्षित भएको अध्यक्ष थेगिमले जानकारी दिए।

सोही धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किराँतीहरूलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरु समावेश गरिएका छन् ।

नेपाल सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मानस्वरुप रु १५ को हुलाक टिकट प्रकाशन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुगेकाबेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किराँत धर्मावलम्बीहरूका लागि सरकारी सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

झापाको दमक, कमल गाउँपालिका, शिबसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिका, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायतका पालिकाहरुले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेका माङ्हिम अहिले किराँत धार्मिक स्थलको रूपमा प्रसिद्ध छ भने पाँचथरको लेब्रेकुटी, सिलौटीलगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *