विराटनगर, २५ कार्तिक–प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १० हजार नाघेको छ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म प्रदेशमा १० हजार २ सय संक्रमित भएका हुन्। संक्रमित हुनेमा महिला ३ हजार ७ सय ९४ छन्। मोरङमा ६ हजार ४ सय ६ जना पुरुष संक्रमित भएका छन्।

प्रदेश १ मा सबैभन्दा बढी संक्रमित संख्या रहेको मोरङमा ६२ पुरुष र २५ महिला गरी ८७ जनाको मृत्यु भइसकेको छ। मोरङमा ७ हजार ९४ संक्रमित छन्।

दोस्रो धेरै सुनसरीमा ६ हजार ४ सय ६ जनामा संक्रमित छन्। सुनसरीमा ८३ जनाको मृत्यु भइसकेको छ। त्यस्तै हालसम्म ३८ जनाको मृत्यु भएको झापामा २ हजार ६ सय ९९ जना संक्रमित भइसकेका छन्।

प्रदेश १ मा सबैभन्दा कम २१ जना संक्रमित जिल्ला सोलुखुम्बु हो। उक्त जिल्लमा हालसम्म संक्रमितको मृत्यु भएको छैन। ताप्लेजुङमा ३७ संक्रमित हुँदा एक जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी पाँचथरमा ५७ संक्रमित भए पनि कसैको मृत्यु भएको छैन। इलाममा २ सय २१ जना कोभिड–१९ बाट संक्रमित हुँदा १ को मृत्यु भएको छ।

धनकुटामा कात्तिक २३ सम्म ३ जनाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाउँदा १ सय ३३ संक्रमित भएका छन्। दुई जनाको मृत्यु भएको तेह्रथुममा ८१ जना संक्रमित भइसकेका छन्। १ सय ८७ जना संक्रमित भएको संखुवासभामा कसैको मृत्यु भएको छैन।

कसैको पनि मृत्यु नभएको खोटाङमा अहिलेसम्म ७० जना संक्रमित भइसकेका छन्। कोभिड १९ बाट ७३ जनाले ज्यान गुमाएको उदयपुरमा हालसम्म ३ सय ७२ जना संक्रमित भइसकेका छन्।

संक्रमणबाट कसैको मृत्यु नभएको भोजपुरमा ५९ जना संक्रमित पुष्टि भएको छ। ओखलढुंगामा ३९ जना संक्रमित भएका छन्।

प्रदेश १ मा अन्य संक्रमितको संख्या ५ सय ८४ रहेकोमा २० जनाको मृत्यु भएको छ। प्रदेश १ मा कात्तिक २३ गतेसम्म २१ हजार ८ सय ३४ संक्रमित हुँदा २ सय ३९ जनाको मृत्यु भइसकेको छ। यस समयसम्म प्रदेश १ मा संक्रिय संक्रमित ७ हजार ४ सय २२ छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *