बिर्तामोड, २५ कात्तिक –कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको निधन भएको छ ।
झापा हल्दिबारी–४ का ७० वर्षीय नेपालको उपचारका क्रममा सोमबार राति ११ः४५ बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
रेडक्रस सोसाइटी झापाका पूर्वसभापति समेत रहनु भएका उहाँमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
