गोविन ल्वागुन/शिबसताक्षी (डुडमारी), २५ कार्तिक–झापाको शिबसताक्षीमा क्रियाशिल पत्रकारहरुको साझा संस्था सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार अनिलदेव पुरस्कृत हुने भएका छन् ।

मंसिर ६ गते सताक्षी प्रेस क्लबले शिबसताक्षीको दुधेमा एक कार्यक्रम आयोजना गरेर पत्रकार राईलाई पुरस्कृत गर्ने भएको हो । पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य राई औजार दैनिकका लागि दमकबाट कार्यरत छन भने हाम्रोसरोकार डिजिटल पत्रिकाका सञ्चालक तथा सम्पादक हुन् ।

दुई दशक लामो समयदेखि ग्रामिण पत्रकारीतामा क्रियाशील राई सतासी साप्ताहिकका पुर्ब सम्पाद्क हुन् । झिलझिलेबाट प्रकाशन हुने साप्ताहिक पत्रिकामा सम्पादकको रुपमा कार्यरत उनी सताक्षी प्रेस क्लबका संस्थापक सचिव हुन् ।

शिबसताक्षी-३ धरमपुरका पत्रकार राई हाल, दमकमा पत्रकारिता गर्छन् । राई नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य हुन् । त्यस्तै, उनी प्रेस संगठन नेपाल जिल्ला कमिटि सदस्यको रुपमा जिम्मेवारी छन् । पत्रकार राई शिबसताक्षी नगरपालिकाको पुर्व प्रेस संयोजक हुन।

को हुन् मनहाङ ?

पत्रकार कृष्णचन्द्र सेलिङ र मनकुमारी सेलिङका जेष्ठ पुत्र हुन् मनहाङ । सेलिङको शिबसताक्षी–११ झिलझिलेमा स्थाईवासी गर्छन् । झिलझिलेस्थित सडकमा सवारी दुर्घट्नामा परेर मनहाङ भएको हो । उनको सम्झानामा पिता पत्रकार कृष्णचन्द्र सेलिङले मनहाङ स्मृती पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *